घर नभएर बुवाको किरिया मन्दिरमा गरेकी रितु बोहोरालाई आयो यति धेरै सहयोग !

काठमाडौं : सल्यान सिद्दकुमाख गाउँपालिका ३ कल्याचौरका भोलाराम बोहरा एउटा सुन्दर भविष्यका लागि १४ वर्ष अघि श्रीमती सँगै दाङ तुलसीपुर झरे । उनले मजदुरी गर्दै श्रीमती र सन्तानको रुपमा रहेकी एउटी छोरीलाइ पालनपोषण गर्दै आएका थिए । भोलारामले टिप्पर चलाउँथे । श्रीमती र छोरीलाइ तुलसीपुरको बेलुवामा कोठा भाडामा लिएर राखेका थिए । तर यहि बैशाख ७ गते चैते दशैंको दिन यो परिवारमा एउटा ठुलो ब्रजा,पात भयो ।पाल्पाको माथागढी गाउँपालिका ५ स्थित चुनढुङ्गा खानीको लागि उनले टि’प्पर चलाउथे । चैते दशैको दिन आफैले चलाएको टिप्पर दु’र्घटनामा परेर उनको मृ’त्यु भयो । उनको मृ’त्युपछि अहिले श्रीमती र छोरीको दाङमा बि’चल्ली भएको छ ।

१२ वर्षीया छोरी रितु बोहरा घर नहुँदा तुलसीपुरको कालिका मन्दिरमा बुबाको कृया गरिरहेकी छन् । परिवारमा अरु कोहि नहुँदा उनले बुबाको कृया गर्नुपरेको हो । उनको आर्थिक अवस्था देखेर मन्दिर व्यवस्थापन समितिले मन्दिरमा लिनु सबै शुल्क निशुल्क गरेको छ । पाल्पाबाट भोलारामको श’व दाङ ल्याउँदा विभिन्न व्यक्तिले सहयोग गरेर गाडीमा ल्याएका थिए । परिवार चलाउने अगाडीको मान्छेको नि’धन भैसकेपछि घर नभएको अवस्थामा छोरिले अरुको घरमा क्रिया गर्नु हुदैन भनेर सबै को सल्लाह अनुसार मन्दिर मा किरिया बसेकी छिन। ऋतुका दाजु भाई नभएको हुनाले आफुले नै बुबाको दागबत्ति दिएको बताउछिन।

घरको आधार भनेको बुबा हो आमाको कुनै पेषा छैन अब मैले कसरि पढ्ने , कसरि मेरो भबिस्य बनाउने बुबाको लास जलाउने दाउरा समेत नभएर गाउभरी मागेर जलाईयो। हामीले खाने कुरा पनि केहि छैन , हामीसंग पैसा पनि छैन। हाम्रो सम्पति केहि छैन खानको लागि गाउका दिदि बहिनिहरुले ल्याईदिए पछि खान्छौ भन्दै भक्कानिएर रोईन ऋतु। ऋतुको रोदन देखेर पत्रकार भोजराज थापाले केहि रकम सहयोग गर्नु भएको छ भने सहयोगी मनहरु प्रति सहयोग को अपेक्षा पनि गर्नु भएको छ।

सहयोगको अपेक्षा गरे अनुसार ऋतु बोहोरालाई अहिले सहयोग आएको छ। न त घर छ न त खाने कुरा छ। बुबाको मृत्युपछि बल्लतल्ल काजकिरिया सकेर अहिले चोखिएर बसेका छन्। बुबाको मृत्युपछि कक्षा टप गर्ने ऋतुलाई अहिले पढ्न पनि धौ हुने अवस्था आएको छ। आफु बि,रामी भएको हुनाले पनि औसधि खाने पैसा समेत छैन। ऋतुको यस्तो अवस्था देखेपछि सहयोगी मन भएका ब्यक्तितोहरुले सहयोग गरेको हुनाले भोजराज थापाले यस परिवारको लागि खाद्यान्न लगेर सहयोग गरेका छन्। सहयोगी मन भएका व्यक्तिहरुको नाम साइप्रस बस्ने अन्सु शाहले पठाएको सहयोगले खाद्यान्न , हस्त बहादुर के सी ५३९९ , सल्यान देखि ५००० ,काठमाडौँ बस्ने अनिल भुषाल ११११ ,राजु महर्जन स्वम्भु १०००० सहयोग आएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifteen − = ten