आइपिएल रोकिए संगै इङ्ग्ल्यान्डका खेलाडी घर फर्किदै भने यो जुनिमा खेल खेल्न पाईदैन जस्तो छ !

एजेन्सी : इण्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटमा सहभागी भएका इङ्ग्ल्यान्डका खेलाडी घर फर्किएका छन् । को,रोना भाइ,रस संक्र,मणको दोस्रो लहरको चपेटामा प्रतियोगिता रोकिएपछि खेलाडी घर फर्किएका हुन् ।

आइपिएलमा इङ्ग्ल्यान्डका ११ खेलाडीले विभिन्न टिमबाट खेलिरहेका थिए । जसमध्ये ८ जना फर्किएका हुन् । घर फर्कन बाँकी तीन खेलाडी पनि घर फर्कने तयारीमा रहेको बताइएको छ ।

प्रतियोगिता रोकिएपछि इङ्ग्ल्यान्ड फर्कनेमा जोनी बेयरिस्टो, जोस बट्लर, साम कुरान, टम कुरान, साम बिलिंग्स, क्रिस वोक्स, मोइन अलि र जासन रोय रहेका छन् ।

अन्य तीनजना इयान मोर्गन, डेविड मलान र क्रिस जोर्डन भने भारतमै रहेका छन् । उनीहरु पनि फर्कने तयारीमा रहेका स्काई स्पोर्ट्सले लेखेको छ ।

भारतमा को,रोना संक्र,मणको दोस्रो लहरले तीव्र गति लिएपछि आयोजकले आइपिएल तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका थिए । प्रतियोगिता कहिलेदेखि सुचारु हुन्छ भन्ने विषयमा आयोजकले अहिले केहिपनि खुलाएको छैन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two × 1 =