सबैलाई पर्ने गरी नयाँ आईपीओ आउँदै !

काठमान्डौं : नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ । यति मात्र हैन दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन् ।

केही समय पहिला नेपाल पूर्वाधार विकास बैंकले १६ लाखलाई पुग्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो अब फेरि अर्को एक जलविद्युत कम्पनीले पनि ठूलो मात्रामा शेयर निष्काशनको तयारी गरेको छ ।

मध्य भोटेकोसी जलविद्युत आयोजनाले नेपाल धितोपत्र बोर्डबाट १ करोड ५० लाख कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको छ । जुन १ अर्ब ५० करोड बराबर हुन आउँछ ।

कम्पनीले कुल चुक्तापुँजीको २५ प्रतिशत बराबरको सेयर आइपीओमार्फत् निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल लिमिटेड छ ।

अनुमति पाएसँगै अब यही महिना भित्रमा शेयर निष्कासन प्रक्रियामा जाने कम्पनीको योजना छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 7 = fifty six