प्रकाश सुवेदी फेरी एपीवानमा फर्किए, शिल्पाले दिएको उजुरी के भयो ? (भिडियो हेर्नुस्)

काठमाडौ : दुई साता सम्म एपीवान टेलिभिजनवाट कारवाहीमा परेका प्रकास सुवेदी फेरी टेलिभिजनमा फर्किएका छन् । उनले आफु धेरै बुझ्ने हुँदा दुख पाएको बताएका छन् । चलचित्र उद्योगमा भएको कमीकमजोरीका बारेमा बोल्ने र देखाउने नै आफ्नो उद्देश्य भएको उनले दोहोर्याएका छन् । नायीका शिल्पा पोखरेलको बारेमा एकोहोरो कार्यक्रम बनाएपछि उनी वि,रुद्ध शिल्पाले उ,जुरी दिएकी थिइन् । उनले टेलिभिजन कार्यालयमा गएर उजुरी दिएपछि उनको कार्यक्रम निलम्बनमा परेको थियो ।

उनी फेरी निलम्बन फुकुवा भएर टेलिभिजनमा फर्किएका छन् । उनले एपीवानको लोगो मुनी फेरी कार्यक्रम बनाउन पाउँदा आफुलाई निकै खुसी लागेको बताए । तर के सहमति पछि उनको निलम्बन फुकुवा भयो भन्ने कुरा भने खुलाएका छैनन् । शिल्पाले आफ्नो चरित्रका बारेमा टिप्पणी गर्दै कार्यक्रम बनाएको भन्दै पुजाले कलाकार सम्बन्धी संघसंगठन र टेलिभिजन कार्यालयमै गएर उजुरी दिएकी थिइन् ।

टेलिभिजनले कार्यक्रम निलम्बन गरेपनि प्रकाशले कार्यक्रम प्रशारण गर्न भने छोडेनन् । उनले युट्युव च्यानल मार्फत कार्यक्रम सार्वजनिक गरे । उनले युट्युवमा पनि पुजाकै बारेमा कार्यक्रम बनाएका थिए । चलचित्र पत्रकार प्रकाश धेरै अभिनेत्रीलाई कार्यक्रमको शि कार बनाईसकेका छन् । यस अघि पनि उनी विवादित बनेका थिए । यस अघि उनी पुजा शर्मालाई गरेको टिप्पणीका कारण पनि विवादित बनेका थिए । उनले पुजाको शारिरीक बनावटलाई लिएर टिप्पणी गरेपछि विवादित बनेका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = 1