खप्तड त्रिवेणीको दर्शन गरि असोज १४ गते । बुधबारको राशिफल पढ्नुहोस् ! शुभ हुनेछ ! ॐ नम शिवाय

ज्योतिषि गणेश काफ्ले । वि.सं.२०७७ साल असोज १४ गते । बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि– चतुर्दशी ,४८ घडी ३८ पला,बेलुकी ११ बजेर ४७ मिनेट उप्रान्त पूर्णिमा । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४९ मिनेट ।

मेष : आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्यांकन होला। शैक्षिक गुणस्तरमा बृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। दाजुभाई तथा आफन्तकाहरुले सहयोग गर्नेछन् भने सवारी साधन प्राप्तीको गतिलो योग रहेकोछ । भविश्यका लागि काम गर्न सकिने समय रहेकोछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।

बृष : स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारि साधन सम्बन्धि झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनिति तथा समाजसेवामा जनतको काम गर्दा गर्दै आलोचनाको शिकार होईनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउनेछ । पढाई लेखाईमा भने बिद्यार्थी बर्गहरुले अलि बढि ध्यान दिए सफलता हात पार्न सकिनेछ ।

मिथुन : भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिदै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मुलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुची बढ्नेछ। प्रे ममा रमाउन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ । शिक्षा तथा धार्मिक क्षेत्र सँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ ।

कर्कट : सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाईनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला। अनाबस्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ। अरुकै कामका लागि समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाति रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ ।

सिहं : व्यापार व्यावसायमा लगानी गर्न सकिने भए पनि आम्दानि गर्न केहि समय कुर्नुनै पर्नेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुको अ’वरोधले पछि परिने छ । आफन्त तथा जीवन साथि सँग मनमुटाब सिर्जना हुने सम्भावना रहेकोछ ध्यान दिनु होला । माया प्रेममा मनमुटाब सिर्जना हुने तथा अग्रज सँग राज बाजिनेछ । सोख तथा बिलाशीताले खर्च बढाउनेछ भने आम्दानि कम हुनेछ ।

कन्या : कुनै पनि कामलाई पुनह गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । पुराना रोगहरु फेरि बल्झन सक्छ ध्यान दिनुहोला। रकम लागनी गर्नको लागि केहि समय पर्खनुनै उचित रहेकोछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केहि समयको लागि टाडिनु पर्ने हुन सक्छ । कुनै पनि बिवादमा सामेल भए हारिने सम्भावन रहेकोछ ।

तुला : कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ। बौद्धिक क्षेत्र तथा बित्तीय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रुपमा बित्नेछ। बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेको छ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपाहार प्राप्त हुने योग रहेकोछ । आफन्त तथा छोरा छोरीसँगको सम्बन्ध अझ राम्रो हुनेछ ।

बृश्चिक : अध्ययन अध्यापनमा अलि बढि समय खर्चिदा नतिजा आफैतिर ल्याउँन सकिने छ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनु होला । चाहदा चाहदै पनि घरायसि सुख सुबिधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनितिमा प्रतिश्पर्धिहरु हावि हुँनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ।

धनु : समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फ’साउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइने छ । आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। आफन्त तथा दाजुभाईबाट सहयोग पाईने छैन भने बिवाद बढ्ने योग रहेकोछ ।

मकर : व्यापार व्यावासायमा बाट मनग्गे आम्दानि हुनेछ भने आम्दानि बढ्ने हुनाले काम गर्न जोस जागर आउनेछ । माया प्रे’ममा एक अर्कालाई बिश्वास गर्दै जान सकिने हुनाले मन प्रशन्न रहने छ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिने हरुले मनग्गे धन तथा सम्पति कमाउन सक्नेछन् । पढाई लेखाईमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवश्यक सहयोग पाईने हुनदा मन खुसी रहनेछ ।

कुम्भ : व्यापार व्यवसाय फ’स्टाएरु जाने छ भने आर्थिक अवस्था निकै राम्रो हुने छ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ। पढाई लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्नेछ । साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मीन : प्रशासन तथा राज्य पक्षसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोले समयमा काम नबन्ने तथा बिभिन्न अवसरबाट बञ्चित हुने योग रहेकोछ। गलत काम तथा क्रिर्याकलापलाई प्रश्रय दिनाले ईज्जत तथा प्रतिष्ठामा दाग लाग्न सक्छ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका हुनेछ भने जीवन साथि सँग अनावश्यक विवाद हुन सक्छ ध्यान दिनुहोला । तपाईको दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ forty = forty five