रवि लामिछानेले थाले कोभिड संक्रमितको उपचारमा नयाँ अभियान

काठमाडौं : सञ्चारकर्मी रवि लामिछाने तथा उनको समुहले काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्पतालसँग सहकार्य गरेको घोषणा गरेका छन् ।

शनिवार फेसबुकमा एउटा भिडियोसहितको स्टाटसमा सञ्चारकर्मी लामिछानले भोलिदेखि सञ्चालनमा आउने उक्त अस्पतालमा उपचार खर्च तिर्न नसक्ने को,भिडका बिरामीको सम्पूर्ण खर्चको जिम्मेवारी अब आफ्नो हुने घोषणा गरेका छन् ।

‘जनमैत्री अस्प,तालले सरकारले तोकेभन्दा पनि सस्तोमा उपचार गर्दैछ, लामिछानेले भनेका छन्–‘सक्नेले तिर्नु होला, नसक्नेले पर्दैन, हामी छौं ।’

सञ्चारकर्मी लामिछानेका अनुसार ‘कामका कुरा’ कार्यक्रममार्फत प्रति व्यक्ति १९ रुपैयाँबाट हामी खर्चको जोहो गर्दैछौं, लामिछानेले भनेका छन्–‘चन्दा होइन, मसँग ४५ मिनेट जति मोबाइलमा क्विज खेले पुग्छ । अस्पतालले भोलिदेखि सेवा शुरु गर्दैछ ।’

लामिछानेले भोलि आइतबार राति ८ बजेदेखि ‘कामका कुरा’ कार्यक्रममार्फत क्विजको परिक्षण प्रारम्भ गर्ने बताउँदै त्यसका लागि उनले डोको एप डाउनलोड गरि रजिस्ट्रेशन गर्न आग्रह गरेका छन् ।

‘म लगायत कसैले पनि यसबाट पारिश्रमिक लिने छैनन्, लामिाछानेले भनेका छन्–‘बरु तीन महिनाको लागि मेरो व्यक्तिगत गाडी र ग्यालेक्सी फोरकेको को १२ जना अट्ने भ्यान अस्पतालमा नै रहन्छ । सबै तयारी लगभग सकियो, अक्सिजन संकलनमा मद्दत चाहिएको छ । रिस्क लिएरै भएपनि यो नयाँ प्रयोग गर्दैछौं । बाँकी यो भिडियोमा, थप भोलि राती ८ बजे ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = 1