नेपालमा हालसम्मकै धेरै १४५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ५१ हजार ९१९ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ छ। ८ हजार २९१ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ६३४ होम आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टामा ९७२ जना निको भएका छन्।

योसँगै कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये ३२२ पुगेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 66 = seventy one