ओलीलाई नेपाल समूहको भोलि ९ बजे सम्मको अल्टिमेटम

काठमान्डौं : नेकपा एमालेको माधव कुमार नेपाल समूहले आफूहरुको माग सम्बोधनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहानसम्मको समय दिएको छ । आइतबार सिंहदरबारमा बसेको नेपाल पक्षको बैठकले माग सम्बोधनका लागि भोलि बिहान ९ बजेसम्मको समय दिइएको नेता योगेश भट्टराईले जानकारी दिए । सो समयमा पनि माग सम्बोधन नभए पुनः बैठक बसेर थप निर्णय लिइने उनको भनाइ छ ।

नेपाल पक्षले आवश्यक परे राजीनामा दिनेसम्मको तयारी गरेको छ ।

नेपाल पक्षले २०७५ जेठ २ गतेको अवस्थामा पार्टी फर्किनुपर्ने मुख्य माग राखेको छ । तर ओलीले त्यो मागमा छलफलै नगरेको र उनी विवाद मिलाउन पनि गम्भीर नभएको निष्कर्ष बैठकले निकालेको छ ।

नेपाल समूहले ओलीले माग पूरा गरे प्रतिनिधिसभा बैठकमा सहभागी बन्न सकिने पनि बताएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि सोमबार प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 3