कपिलबस्तुकी ६ बर्षकी जियाको दुनिया चकित पार्ने क्षमता, ५ मिनटमै दिन्छिन् ५०० प्रश्नको उत्तर (भिडियो हेर्नुस्)

काठमाडौ । सामाजिक सञ्जालमा अहिले निकै चर्चित नाम हो जिया भुषाल । उनी ६ वर्षकी भइन् । कपिलवस्तुको विरपुरकी यि ६ वर्षकी नानीसंग अद्भुत क्षमता छ । उनीसंग ज्ञानको भण्डार नै छ भनेपनि हुन्छ । एउटा सानी नानीले हरेक प्रश्नको जवाफ दिन सक्छिन् । उनलाई सामान्य ज्ञान वारे राम्रो ज्ञान छ । नेपालको राजनीतिक ब्यक्तित्व देखि विश्वका हरेक कुरा उनलाई थाहा छ । उनी एक छिन पनि नसोचेर फटाफट प्रश्नको उत्तर दिन्छिन् । आफुलाई बुवाले सिकाएको बताउने उनी

नेपालमा कम पानी पर्ने ठाउँ देखि खुट्टामा कान हुने जिव सम्म उनलाई ज्ञान छ । नेपालका सबै क्षेत्रको ज्ञान मात्र होइन उनीसंग विश्वकै धेरै कुराको बारेमा थाहा छ । कहिल्यै रात नपर्ने देश कुन हो ? भनेर प्रश्न गर्दा पनि झट्ट उत्तर दिने उनले नेपालमा मात्र पाइने फलको नाम के हो भन्दा पनि उनीसंग उत्तर छ ।

उनलाई विश्वको सबैभन्दा सानो देशको नामका बारेमा पनि थाहा छ । फेसवुक कसले बनाएको हो ? भन्दा पनि उनीसंग उत्तर छ । नेपालको सबैभन्दा धनी मानिसका बारेमा प्रश्न गर्दा उनले नअलमलिई जवाफ दिने गरेकी छन् । उनीसंग कम्प्युटरको हार्डडिक्स भने पनि हुन्छ । जुनसुकै कुरा सोध्नुस् उनीसंग सबैकुराको ज्ञान छ ।

उनको यस्तो अद्भुत क्षमता भएको थाहा पाएका युट्युवरहरुको अहिले उनको घरमा भिड लाग्ने गरेको छ । सामाजिक सञ्जालमा उनी अहिले छाएकी छन् । उनलाई गीत गाउन र नाच्ने राम्रो शौख छ । उनी राजनीतिक गीत पनि गाउँछिन् । कोरोनाले नागरिक अप्ठेरोमा परेको बेलामा सरकारले त्यसको समस्या बुझ्न नसकेको भन्दै गति मार्फत ब्यग्यं समेत गर्छिन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven + = sixteen