ओलीलाई प्रचण्डको प्रश्न– ‘यो संसद्बाट विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद्मा विश्वासको मत माग्ने नैतिक अधिकार नभएको बताएका छन् ।

सोमवार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीसँग मत माग्ने नैतिक अधिकार नभएको बताएका हुन् । ‘प्रधानमन्त्रीजी, तपाईंसँग यो संसद्मा विश्वासको मत माग्ने नैतिक अधिकार छ र रु,’ अध्यक्ष प्रचण्डले प्रश्न गर्दै भने– ‘छातीमा हात राखेर सोच्नुस् त, तपाईंले नै विघटन गरेर सर्वोच्च अदालतले पुनःस्थापित गरेको होइन र रु तपाईंसँग अझै विश्वासको मत माग्ने नैतिक अधिकार रह्यो र रु’

प्रधानमन्त्री ओलीले आज संसद्बाट विश्वासको मत लिँदैछन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five + one =