ओलीले गुमाए संसदमा विश्वासको मत: पक्षमा ९३ र विपक्षमा १२४

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत गुमाएका छन् । आज प्रतिनिधि सभामा भएको मतदानमा ओलीको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको छ । बैठकमा २३२ जना सांसद उपस्थित थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले ओलीको पक्ष र विपक्षमा सो मत परेको जानकारी गराएका हुन् ।
ओली स्वयमले आज विश्वासको मत लिनका लागि बैठक आह्वान गरेका थिए । संसद्मा विश्वास गुमाएसँगै ओली सरकार कामचलाउ भएको छ ।
बैठकमा सत्तारुढ नेकपा एमालेको खनाल९ नेपाल समूहका २८ सांसद अनुपस्थित भए ।

उनीहरुले आज बिहान बैठक गरेर संसदमा अनुपस्थित हुने निर्णय गरेका थिए । प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले ओलीको विपक्षमा मतदान गरेका थिए । जसपाका अध्यक्ष महन्थ ठाकुरसहितका सांसद भने तटस्थ बसेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

30 − twenty one =