टिपरको ठक्करबाट घाइते स्कुटी चालकको मृ,त्यु

भक्तपुर : भक्तपुरमा टिपरको ठक्करबाट ग,म्भीर घा,इते भएका स्कुटी चालकको उपचारको क्रममा मृ,त्यु भएको छ । आइतबार भएको सडक दुर्घ,टनामा घाइते भएका सूर्यविनायक नगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवालको सोमवार मृ,त्यु भएको हो। जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको लु २ ख ४५८८ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०२४ प १६८४ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।

उनलाई महानगरीय प्र,हरी वृत्त जगातीको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि डा। ईवामुरा अस्पताल सल्लाघारी लगिएको थियो। त्यहाँ प्राथमिक उपचार पश्चात सुवाललाई थप उपचारका अन्नपुर्ण न्युरो अस्पताल माइतीघर रेफर गरिएको थियो। उनको त्यही उपचारका क्रममा मृ,त्यु भएको महानगरीय प्र,हरी परिसर भक्तपुरका सूचना अधिकारी प्र,हरी नायव उपरिक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिए।

टिपर चालक लमजुङ बेशीशहर–११ घर भई हाल काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१३ साँगा बस्ने ३५ वर्षीय टार्जुन गुरुङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 1 = seven