देउवा, प्रचण्ड र उपेन्द्रबीच भेटवार्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनको लागि आह्वान गरेपछि प्रतिपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् ।मंगलबार प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

देउवा निवास बूढानीलकण्ठमा तीन नेताबीच दिउँसो १२ः०५ बजेदेखि १२ः४५ सम्म ४० मिनेट भेट भएको स्रोतले जानकारी दिएको छ ।

आजै देउवाले सर्वदलीय बैठक बोलाएका थिए । तर, दिउँसो २ बजे बोलाइएको बैठक स्थगित गरेर उनले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

सोमबार संसद्मा भएको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास गुमाएपछि नयाँ सरकार गठनको आह्वान भएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty four ÷ 22 =