कोरोनाबाट थप बाँके र बर्दियामा १५ को मृ,त्यु

काठमाडौँ : को,रोना भाइ,रस सङ्क्र,मणका कारण बाँकेमा थप १५ जनाको मृ,त्यु भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीका अनुसार सोमबार दिउँसो ४:३० देखि आज बिहान ११ बजेसम्म मृ,त्यु हुनेमा बर्दियाका आठ, बाँकेका पाँच, रुकुम पूर्वका एक र कन्चनपुरका एकजना गरी १५ जना छन् ।

मृ,त्यु हुनेमा बर्दियाको बासगढी नगरपालिकाका तीन जना छन् । बाँसगढी नगरपालिका­९ का ७३ वर्षिय पुरुष, वडा नं ५ का ६० वर्षिय पुरुष र वडा नखुलेका ४२ वर्षिय महिला रहेका छन् । त्यस्तै बढैयाताल गाउँपालिका–३ का ७८ वर्षिया महिला र वडा नं १ का ८५ वर्षिय पुरुषले पनि कोरोनाका कारण ज्या,न गुमाएका छन् ।

त्यस्तै गुलरिया–६ का २१ वर्षिय पुरुष, बारबर्दिया–६ का ६३ वर्षीया महिला र ठाकुरबाबा­३ का ४५ वर्षका पुरुष गरी आज सबैभन्दा बढी बर्दियाका सङ्क्र,मितको ज्या,न गएको छ ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका–१० बाँकेका ६८ वर्षिय पुरुष, खजुरा गाउँपालिका–३ का ५२ वर्षिय पुरुष, जानकी गाउँपालिका–४ का ४५ वर्षीया महिला, होम आइसोलेसनमा बसिरहेका खजुरा गाउँपालिका–२ का ८८ वर्षिय पुरुष र कोहलपुर नगरपालिका–८ का ६२ वर्षिय पुरुषको पनि को,रानाका कारण नि,धन भएको छ ।

यसैगरी सिस्ने गाउँपालिका–३ रुकुम पुर्वका ५३ वर्षिय पुरुष र कन्चनपुर जिल्लाको पुर्नवास नगरपालिका­३ का ६१ वर्षिय पुरुषको समेत कोरो,नाका कारण नेपालगन्ज मेडिकल कलेजमा मृ,त्यु भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका १५१ जना र बाँकेकै १९७ जनाले ज्या,न गुमाइसकेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three + one =