माओवादी केन्द्रले भन्यो: अब केपी ओली नै प्रधानमन्त्री

काठमाडौं : नेकपा एमालेको माधव नेपाल समुहको निर्णय कुरेर बसेको नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकारको सम्भावना टरेको निष्कर्ष निकालेको छ ।

जसपाको महन्थ ठाकुर र एमालेको माधव नेपाल पक्षका कारण वैकल्पिक सरकार बनाउने सम्भावना टरेको माओवादीले बताएको छ। राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा माओवादी यस्तो निर्णयमा पुगेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले दलहरुसँग भएको परामर्श र प्रयासका बारेमा ब्रिफिंग गरेका थिए ।

माधव नेपाल पक्षको राजीनामा नआएको र महन्थ पक्षले केपी ओलीलाई नै साथ दिएका कारण अब ओली नै प्रधानमन्त्री नियुक्त हुने माओवादीको निष्कर्ष छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

6 + three =