पूर्वरानी कोमल शाह पनि अस्पतालबाट डिस्चार्ज

काठमाण्डौ : पूर्वरानी कोमल शाह अस्प,तालबाट डिस्चार्ज हुनुभएको छ । नर्भिक इन्टरनेशनल अस्प,तालमा भर्ना भएको २१ दिनपछि उहाँले कोरो,नालाई जितेर डिस्चार्ज हुनुभएको हो ।

उहाँसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि डिस्चार्ज भएर घर फर्केको उपचारमा संलग्न डाक्टरले बताएका छन् । को,ना सङ्क्र,मण भएर पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र परिवारका अरू सदस्यसमेत अस्प,ताल भर्ना भएका थिए ।

कोमलको अक्सिजन निरन्तर घटेपछि उहाँलाई आईसीयूमा राखेर प्लाज्मा थेरापी विधिबाट उप,चार गरिएको थियो ।

भारतको हरिद्वारमा कुम्भमेलामा सहभागी भएर फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलसहित परिवारका अरू सदस्यमा को,रोना सङ्क्र,मण पुष्टि भएको थियो ।

पूर्वराजा शाह भने बुधवार नै डिस्चार्ज भइसक्नुभएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one × = eight