प्रधानमन्त्री भएलगत्तै ओलीले उद्घाटन गरे गोदावरीको सभाहल

काठमान्डौं : तेस्रो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै केपी शर्मा ओलीले गोदावरीको सभाहल उद्घाटन गरेका छन्। उनले सिंहदरबारबाटै भर्चुअली उक्त सभा हलको उद्घाटन गरेका हुन्।

सभा हलको उद्घाटनका क्रममा बोल्दै प्रधानमन्त्री ओलीले केही मानिस विकासको गति देखेर आत्तिएको बताए। ुकेही मानिसहरु केही काम भएन भनिरहेका छन् तर अर्कातिर लगातार उद्घाटनका काम भएका छन्, उनले भने, ुउनीहरु त्यससँग आत्तिएका छन्। धरहरा उद्घाटन भयो। नबनी उद्घाटन गर्ने कुरा भएन। यस्ता कामले नकारात्मक मानसिकता भएका मानिस आत्तिएका छन्।ु

शहरी विकास विभागका २०७६ कार्तिकमा ५ महिनामा सक्ने गरी सभाहल निर्माणको काम थालिएको थियो । सुरुमा ६२ करोड लागतमा ठेक्का लागेको सभा हलमा ८१ करोड खर्च भइसकेको छ ।

केसी(समानान्तर जेभीले ठेक्का पाएको यो सभाहल बनाउन २ पटक म्याद थप भएको छ। ४३ रोपनी १५ आनामा बनेको सभा हलमा ३ हजार वटा सिट छन् । सभा हल प्रवेश गर्ने साना हलहरु पनि छन् । पार्किङ र बगैँचा पनि तयार हुँदैछ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 2 = one