प्रधानमन्त्री ओलीलाई गगन थापाको भिडियो सन्देश: हामी पनि तपाईंको साथमा उभिनेछौँ

काठमान्डौं : पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले जनताको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने बताएका छन् ।

शनिवार ट्वीटरमा एक भिडियो सन्देश जारी गर्दै नेता थापाले कोरोना महामारीसँग जुध्नका लागि मन, ध्यान, शक्ति, उर्जा र सबै संयन्त्र लगाउन आग्रह समेत गरेका छन् ।

उनले भनेका छन्, फेरि एकपटक मौका पाउनु भएको छ। अब केही दिन तपाईं अन्य सबै कुरा छोडेर मन,ध्यान,शक्ति,उर्जा, संयन्त्र सवै महामारीसँग जुध्न लगाउनुहोस्। हामी पनि अबको केही समय तपाईँसँगका सवै असहमतिलाई बिसाएर जनताको जीवन रक्षा गर्न तपाईंको साथमा उभिनेछौँ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ three = one