प्रधानमन्त्रीको उपस्थितिमा सीसीएमसीको बैठक सुरु, महत्वपूर्ण निर्णय गर्ने तयारी

काठमान्डौं : को’भिड–१९ रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी)को बैठक सुरु भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सिंहदरबारमा बैठक सुरु भएको सीसीएमसीका अध्यक्ष एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

नयाँ भे’रियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनिरहेको बेला डाकिएको बैठकले महामारी नियन्त्रण तथा रोकथाममा महत्वपूर्ण निर्णय गर्ने र अन्य केही विशेष निर्णय गर्ने बताइएको छ ।प्रधानमन्त्री ओलीले हिजोमात्र बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञ, निजी क्षेत्र तथा सरोकारवाला व्यक्तिहरूबीच को’रोना नियन्त्रणका लागि गर्नुपर्ने कामका विषयमा परामर्श लिएका थिए ।

यसैबीच नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदैछ । उहाँहरूबीच एमालेको जारी ’विवाद समाधानका लागि स’माधान पत्ता लगाउने गरी कार्यदल गठन गर्ने विषयमा कुरा हुनेछ ।

कार्यदल बनाउने विषयमा यसअघि सहमति भैसकेको । जेठ २ को आसपासमा फर्किएर सहमति खोज्नने विषयमा नेताहरूको बीचमा समझदारी बनिसकेको छ । सम्भवत आजको छलफलबाट उहाँहरूले कार्यदल ग’ठन गर्नुहुनेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 9 = sixty three