ट्रेन्डिङ १ मा गायक पशुपति शर्माको ‘सारंगी र्‍याईं र्‍याईं’

काठमान्डौं : गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको स्वर रहेको ‘सारंगी र्‍याईं र्‍याईं’ बोलको गीत युट्युवको ट्रेन्डिङ १ मा पुगेको छ । उक्त गीत १ साता अघि सार्वजनिक भएको थियो ।

गायक शर्माको शब्द तथा संगीत रहेको उक्त गीतको संगीत संयोजन सुनिल परियारले गरेका हुन् । मारुनी स्टुडियो रेकर्डिङ भएको गीतको भिडियोमा मोडल करिश्मा ढकाल र शर्माको अभिनय छ ।

प्रकाश भट्टले निर्देशन गरेको उक्त भिडियोलाई नबराज उप्रेतीले छायाँकन गरेका हुन् भने प्रबिन भट्टले सम्पादन गरेका छन् ।

हालसम्म गीतले युट्युबमा १६ लाखभन्दा बढी भ्युज पाइसकेको छ । साथै, टिकटकमा पनि यो गीत भाइरल छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− five = five