यिनै हुन् कपडा सुकाउँदै गर्दा ३ तले घरको छतबाट लडेर सधैंका लागि संसार छाडेकी गीता !

काठमान्डौं : सर्लाहीको बरहथवामा छतबाट लडेर एक महिलाको ज्यान गएको छ । बरहथवा नगरपालिका–५ स्थित शनिबार आफ्नै तीनतले घरको छतबाट लडेर महिलाको ज्यान गएको हो । आज बिहान ७ बजेतिर लुगा सुकाउने क्रममा अचानक छतबाट खसेर गम्भीर घाइते भएकी मगरको उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगन्जमा दिउँसो करिब साँढे २बजे मृ,त्यु भएको इलाका प्रहरी कार्यालय बर हथवाले जानकारी दिएको छ।

मृतकका श्रीमान पूर्णबहादुरले सोही घरमा मुनलाईट आवासीय विद्यालय सञ्चालन गर्दै आएका छन्। छतबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज लगिएको थियो । घाइते महिलाको त्यहाँ उपचार हुन नसकी थप उपचारका लागि वीरगञ्जकै न्यूरो अस्पताल लाने क्रममा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

त्यस्तै राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालयमा कार्यरत कार्यालय सहयोगी भोलानाथ पौडेललाई पत्नीशोक परेको छ । पौडेलकी श्रीमती भगवतीको आज पोखरास्थित फेवासिटी हस्पिटलमा ५५ वर्षका उमेरमा उपचारका क्रममा निधन भएको हो । केही वर्षयता नसाको समस्या रहेकी भगवतीको तीन दिनअघि टाउकाको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापश्चात आज घर फर्कने क्रममा बेहोश भएपछि तत्काल सघन उपचार कक्षमा उपचार गरिएकामा सोही क्रममा उहाँको निधन भएको पारिवारिका सदस्यले बताएका छन् । स्वर्गीय भगवतीको आजै पोखरा महानगरपालिका वडा नं १७ स्थित सीताघाटमा अन्तिम संस्कार गरिएको छ । उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ thirteen = 14