मत माग्न बादल पुगे कोटेश्वर, नेपाल भने मौन

काठमाडौं : राष्ट्रिय सभा उमेदवार रामबहादुर थापा बादल नेता माधवकुमार नेपालसँग मत माग्न उनको निवास कोटेश्वर पुगेका छन् ।

कोटेश्वर पुगेर नेता नेपालसँग बादलले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

स्रोतका अनुसार नेपालले बादललाई कुनै जवाफ दिएनन् । “बादलले मत माग्नुभएको थियो, तर नेता नेपाल मौन रहनुभयो,” स्रोतले भन्यो ।

नेता नेपालले अहिले बादललाई सहयोग गर्न नसकिने निष्कर्ष निकालेको स्रोतको दाबी छ ।

राष्ट्रिय सभामा बादलको प्रतिष्पर्धीका रुपमा माधवकुमार नेपाल निकट मानिएका डा। खिमलाल देवकोटा मैदानमा छन् ।

पर्सी हुने राष्ट्रिय सभा निर्वाचनमा सहयोगको आग्रह गर्दै थापा नेता नेपाल निवास पुगेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty one − = thirty six