राष्ट्रपति र प्रधानमन्त्रीबीच एक घण्टा छलफल

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार साँझ करिब एक घण्टा भेटवार्ता भएको छ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली मंगलबार साँझ साढे ७ बजेतिपर शीतलनिवास पुगेका थिए। शीतलनिवास स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच एक घण्टा छलफल भएको थियो।

त्यसपछि उहाँ (प्रधानमन्त्री) फर्कनुभो, स्रोतले भन्यो, छलफलको विषय हामीलाई जानकारी भएन।

संविधानतः आगामी आर्थिक वर्षको बजेट ल्याउने बेला भइसक्दा पनि सरकारले संसद अधिवेशन बोलाउन सिफारिस गरेको छैन। सरकारमाथि स्वास्थ्य संकटकाल लगाउने दबाब पनि बढिरहेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = three