गगन थापाले सुरु गरे कोरोना संक्रमितलाई निःशुल्क यातायात सेवा

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं क्षेत्र ४ ले को,रोना संक्र,मितको सहजताका लागि निःशुल्क यातायात सेवा सञ्चालन गरेको छ। काठमाडौं क्षेत्र ४ का सांसद गगन थापाले होम आइसोलेसनमा रहेका संक्र,मितलाई अस्प,ताल आउजाउ गर्नका लागि यो सेवा सुरु गरेका हुन्।

यो सेवा काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दालाई लक्षित गरेर सुरू गरिएको हो।

यो सेवाबाट घरमै आइसोलेसनमा रहेका संक्र,मितलाई अस्प,ताल जानआउन, परीक्षण गर्न वा आइसोलेसन सेन्टर जान सहज हुने पूर्व स्वास्थ्यमन्त्री समेत रहेका सांसद थापाको विश्वास छ।

निषेधाज्ञाको समयमा शुरु भएको सेवाले संक्र,मितलाई सहज हुने थापाले बताए।

सहज रुपमा यातायात सेवा उपयोगका लागि विभिन्न सम्पर्क नम्बरको समेत व्यवस्था गरिएको छ।

‘को,रोना संक्र,मितका लागि एम्बुलेन्स र यो बेला यातायात सेवा पाउन गाह्रो छ, त्यसैले हामीले केही सहयोगीहरूको सहयोगमा सवारी साधनको व्यवस्थापन गरेर सेवा सुरू गरिएको छ,’ थापाले भने।

यो सेवाका लागि काठमाडौं महानगरतर्फ 9851096303, बुढानिलकण्ठ नगरपालिकातर्फ 9851065256 र 9851072129 मोबाइल नम्बरमा सम्पर्क गर्न थापाले अनुरोध गरेका छन्। साथै हटलाइन नम्बर 9860340587 मा एसएमएस पनि गर्न सकिनेछ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ nine = one