कोरोना संक्रमणबाट एमाले नेता पुनको नि,धन

काठमाडौ : भूमी सम्बन्धि समस्या समाधान आयोग रुकुम पूर्वका अध्यक्ष सतमान पुनको नि,धन भएको छ । बाँकेको कोहलपुर स्थित शिक्षण अस्प,तालमा उपचारका क्रममा मंगलबार विहान उनको नि,धन भएको हो ।

नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य समेत रहेका नेता पुनलाई केही दिन अघि को,रोना संक्र,मण पुष्टि भएको थियो । संक्र,म,ण भएर अवस्था जटिल बनेपछि गत वैशाख ३१ गते जिल्ला अस्प,ताल रुकुम पश्चिम ल्याइएको थियो ।

त्यसपछि पनि अवस्था ठिक नभएपछि जेठ १ गते हेलिकोप्टर मार्फत उनलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो । मगर खाम क्षेत्रका एक नेताको नि,ध,नले पार्टी र जिल्लालाई ठूलो क्षेती पुगेको एमाले नेता तथा लुम्बिनी प्रदेशका पार्टी सचिव खेममान खड्काले बताए । नेता पुन केही समय रुकुम पूर्वको पार्टी संयोजक भएर पनि काम गरेका थिए ।

त्यस्तै दाङ मा थप दश जनाको मृ,त्यु

पछिल्लो २४ घण्टामा दाङमा दश सङ्क्र,मितको मृ,त्यु भएको छ । स्वास्थ्य कार्यालयका स्रोत ब्यक्ति कमल चन्दका अनुसार तुलसीपुरका पाँच, घोराही उपमहानगरपालिका र बबई गाउँपालिकाका दुई÷दुई र दंगीशरण गाउँपालिकाका १ को मृत्यु भएको हो । अहिलेसम्म जिल्लामा मृ,त्यु हुनेको सङ्ख्या एकसय ६९ पुगेको छ । जिल्लाबाट पछिल्लो २४ घण्टामा ४५ को डिस्चार्ज भएका छन् भने २०७ नयाँ संक्र,मित थपिएका छन् । जिल्लामा अहिलेसम्म दुई हजार ६ सय ६० सक्रिय सङ्क्र,मित रहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × one =