पाटन अस्पताल क्षेत्रमा अक्सिजन सिलिण्डर कालोबजारी गर्ने तीन जना पक्राउ

काठमान्डौं : प्रह,रीले अक्सिजन सिलिण्डर कालो बजारी गरेको आ,रोपमा ललितपुरबाट तीन जनालाई प,क्राउ गरेको छ।

मंगलबार राति पाटन अस्प,ताल वरिपरबाट तीन जनालाई प,क्राउ गरेको महानगरीय प्रह,री परिसर ललितपुरकी प्र,हरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले जानकारी दिइन्।

अक्सिजन सिलिण्डर का,लोब,जारी गरिरहेको भन्ने विशेष सूचना आएपछि प्रह,रीले उनीहरूलाई पक्रा,उ गरेको हो।

उनीहरूले एउटा अक्सिजन सिलिण्डरको ४१ हजारसम्म लिने गरेको एसएसपी बज्राचार्यले बताइन्।

पाटन अस्प,ताल वरिपरि बस्ने अनि आवश्यक परेका मान्छेहरू खोज्दै आएपछि उनीहरूलाई लगेर धेरै मूल्यमा बेच्ने रहेछन्, एसएसपी बज्राचार्यले भनिन्,सिलिण्डरको खासै किनबेच हुँदैन। धरौटी जसरी पैसा डिपोजिट गरेर राखेर सिलिण्डर दिएर पठाउँछन्। तर उनीहरूले किनबेच नै गर्न खोजे।

ललितपुर परिसरका प्रवक्ता प्र,हरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनका अनुसार प,क्राउ पर्नेहरूबाट अहिले एउटा अक्सिजन सिलिण्डर बरामद भएको छ।

उनका अनुसार प,क्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिकाका ४२ वर्षीय रामशरण घिमिरे, हेटौडा उपमहानगरपालिकाका ४२ वर्षीय नवराज खनाल र नुवाकोट विदुर नगरपालिकाका ३९ वर्षीय रामकृष्ण घिमिरे छन्।

उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय ललितपुरमा म्याद थप गर्न लगिएको छ।

उनीहरूले अरू सिलिण्डरहरू पनि त्यसरी नै कालोबजारी गरेर नगरको बारे थप अनुसन्धान गरिरहेको एसपी महर्जनले बताए।

पछिल्लो समय नेपालमा को,रोना भाइ,रसको संक्र,मण बढेपछि अक्सिजनको कमी हुन थालेको छ। अक्सिजनको कमी भएपछि प्रह,री नै खटिएर अक्सिजन सिलिन्डरको खोजी गर्न थालेको हो।

त्यसैबेला अक्सिजन सिलिण्डरको कालोबजारी गर्ने तीन जनालाई प्रह,रीले प,क्राउ गरेको हो।

बजारमा प्लान्ट तथा उद्योगहरूले सिलिण्डरमा चार सयदेखि सात सयसम्ममा अक्सिजन भर्ने गरेका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty three − 29 =