काँग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै

काठमान्डौं : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका शीर्ष नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने भएका छन् । बिहीबार बिहान १० बजे प्रधानमन्त्री ओलीलाई भेट्न काँग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला जाने सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

को,भिड १९ नियन्त्रण तथा रो,क,थाममा सरकारको ध्यानाकर्षण गर्न प्रधानमन्त्रीलाई भेट्न लागिएको उनले बताए । को,भिड १९ अनुगमन समितिका संयोजक महतले भने, हाम्रो को,भिड १९ अनुगमन समितिले सातै प्रदेशमा भर्चुअल मिटिङ गरेको थियो । त्यहाँबाट आएका समस्या र सुझावका विषयलाई ज्ञापन पत्रमा रूपमा बुझाउँदै छ ।

को,रोना रो,क,थाम तथा नियन्त्रण र उपचारका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै आएका विषय भेटेरै राख्न लागिएको महतको भनाइ छ ।

विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाका कारण श्रमिक, मजदुर, किसान, व्यापारी, उद्योगी, यातायात व्यवसायी, पर्यटन व्यवसायी, विद्यार्थी लगायतलाई मार परिरहेकाले सरकार गम्भीर बन्दै अविलम्ब राहत प्याकेज ल्याउनुपर्नेमा काँग्रेसले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै छ ।

बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति बैठकले सरकार जनताको जीवन रक्षाको लागि गम्भीर र संवेदनशील नभएको निष्कर्ष निकालेको थियो ।

काँग्रेसले को,रोना नियन्त्रण र रोकथामका लागि सबै नागरिकलाई को,रोना विरु,द्धको खो,प लगाउने प्रवन्ध मिलाउन माग गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy six + = seventy seven