खुसीको खबर: स्पेनबाट चार्टर्डमार्फत् स्वास्थ्य सामग्री ल्याएको जहाज काठमाडौँ आइपुग्यो

काठमाडौँ : स्पेनले नेपाल सरकारलाई दिएको अत्यावश्यक स्वास्थ्य सामग्री काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहित स्पेनको चार्टर्ड जहाजबाट ती सामग्री काठमाडौँ आइपुगेको हो । स्वास्थ्य सामग्री बुझ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठी विमानलस्थलसम्म पुगेका थिए।

हस्तान्तरण गरिएका सामाग्रीमा ५० थान अक्सिजन सिलिन्डर, २० थान अक्सिजन कन्सनट्रेटर, ७७ वटा भेन्टिलेटर, १४ थान रेस्पिरेटर्स, १ लाख ६४ हजार एन्टीजेन टेस्ट, २।४ मिलियन मास्क, ४२ हजार ५०० पञ्जा र ३० हजार आइसोलेसन गाउन्ज छन् ।

स्पेनबाट आएको उक्त चार्टर जहाज शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । कोभिडका कारण लकडाउनले काठमाडौंमा अड्किएका झन्डै ५० जना स्पेनी नागरिक र पर्वतारोहीलाई लिएर उक्त जहाज फर्कने भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy seven − = 73