बाबुराम भट्टराई भन्छन: लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिऊँ

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले व्यक्तिभन्दा व्यवस्था महत्त्वपूर्ण हुने बताएका छन्।

आजको अहं प्रश्न संसद्, संविधान तथा लोकतन्त्रको रक्षा भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत लौरो उभ्याएर भए पनि वैकल्पकि सरकार बनाउनुपर्ने बताएका हुन्।

सबैले आआफ्नो स्थानबाट आवश्यक त्याग गरी संविधानको धारा ७६(५) अनुसार वैकल्पिक सरकार बनाउनु पर्ने उनको भनाइ छ। ‘संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो !,’ उनले भनेका छन्, ‘जे गरेर रक्षा हुन्छ त्यही गरौं। सबैले आवश्यक त्याग÷बलिदान गरौं। लौरो उभ्याएर भए पनि ७६(५)को वैकल्पिक सरकार दिऊ !’

लामो समयको त्याग र तपस्याबाट आएको व्यवस्था जोगाउन नसके इतिहासले धिक्कार्ने उनको भनाए छ।
‘आजै गरौं, अहिल्यै गरौं ! बिपी्पीएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान्लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ !,’ उनले लेखेका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

90 ÷ = forty five