राष्ट्रपतिमाथि महाअभियोग लगाउन विवेकशील साझाको माग

काठमाडौँ : विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउन माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीबाट संविधानमाथि श्रृखलाबद्ध रूपमा भइरहेका प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवेकशील साझाले तत्काल राष्ट्रपतिमाथि महाअभियोग लगाउन माग गरेको हो । साथै नयाँ सरकार गठन गर्न पनि विवेकशील साझाले बताएको छ ।

संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिराउने, अपमान गर्ने र ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने’ विद्यादेवी भण्डारीमाथि तत्काल महाभियोग लगाएर उनलाई पदमुक्त गर्दै संसद्मा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एक जुट भई नयाँ सरकार गठनका लागि पहल गर्न विवेकशील साझा पार्टी आह्वान गर्दछु, विवेकशील साझाका प्रवक्ता शरदराज पाठकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नु पर्नेमा त्यस विपरीत बिहीबार साँझ नयाँ प्रधानमन्त्री नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाबाट राष्ट्रपतिद्धारासंविधानको ठाडो उल्लङ्घन भएको विवेकशील साझाको भनाइ छ । प्रधानमन्त्री ओलीको सिफारिसलाई राष्ट्रपति भण्डारीले सदाझैँ रबर स्ट्याम्पसरह सदर गर्नु पुरापुर असंवैधानिक कदम भएको पनि विवेकशीलको ठहर छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 8 = one