कांग्रेस पदाधिकारी बैठक जारी ! के होला निर्णय ?

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ः५० मा बैठक सुरु भएको जनाइएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमपछि कांग्रेसको आकस्मिक बैठक बोलाइएको हो ।

कांग्रेसले विज्ञप्ति जारी गरेर नेपालको संविधानको धारा ७६ को उपधारा (३) को प्रधानमन्त्रीले विश्वासको मतबाट अस्वीकृत हुने वा राजीनामा दिएको दुवै अवस्था नहुँदै धारा ७६ को उपधारा (५) को सरकार गठनका लागि प्रधानमन्त्रीले सिफारिस गर्नु र राष्ट्रपतिले आह्वान गर्नु दुवै असंवैधानिक भएको जनाइसकेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty six ÷ = 7