प्रचण्ड लाई भेटेर उपेन्द्रले राखे महन्थलाई प्रधानमन्‍त्री बनाउने प्रस्ताव

काठमाडौँः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान अध्यक्ष दाहाल र यादवबीच भेटवार्ता भएको माओवादी स्थायी समिति सदस्य वर्षमान पुनले जानकारी दिए । उनकाअनुसार जसपा अध्यक्ष यादवले पार्टीका अर्का महन्थ ठाकुरलाई अघि सार्ने प्रस्ताव माओवादी अध्यक्ष दाहाल समक्ष गरेका थिए । ‘बिहान ८ बजे अध्यक्ष दाहाल र यादवबीच भेटवार्ता भयो,’  उनले भने, ‘उहाँले महन्थजीलाई बनाऔं(प्रधानमन्त्री) न त भन्‍नुभयो ।’

आफूहरू सबै विकल्पमा छलफल गर्न खुला रहेको जवाफ अध्यक्ष दाहालले दिएको उनले बताए । ‘जवाफमा अध्यक्ष कमरेडले हामी सबै विकल्पमा खुला छौं भन्‍नु भयो,’ उनले भने, ‘पहिलो त राष्ट्रपतिले चालेको कदम असंवैधानिक छ । यसको विरोध गरौं र विकल्पबारे पनि छलफल गरौं भन्‍नुभयो ।’

अध्यक्ष दाहालले आजै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने तय भएको उनले बताए । उनकाअनुसार सभापति देउवासँगको भेटपति माओवादी स्थायी समिति बस्नेछ । ‘साढे ११ बजे कांग्रेस सभापति देउवाजीसँग अध्यक्ष दाहालले भेट्ने कुरा छ,’ उनले भने, ‘उहाँसँगको भेटपछि सबै सम्भावना हेरेर माओवादी स्थायी समिति बैठक बस्छ र निर्णय गर्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × = ninety