देउवाको नाममा बहुमत जुटाउने अन्तिम कसरत जारी

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बहुमतको सरकार गठनको अन्तिम प्रयास भइरहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको अगुवाइमा संविधानको धारा ७६ (५) बमोजिमको सरकार दाबी गर्ने तयारी गरिएको हो ।

नेकपा माओवादी केन्द्रले यसको लागि पत्र तयार पारेर कांग्रेस संसदीय दलको कार्यालयमा पुर्‍याइसकेको छ । त्यहाँ जसपा र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्ष पनि पुग्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

भावी प्रधानमन्त्रीको रुपमा देउवासँगै माधव नेपालको नाम पनि छलफलमा छ । विपक्षी गठबन्धन को प्रधानमन्त्री बन्ने बहसमा नअल्मलिने र ओली प्रवृत्ति परास्त गर्न जस्तोसुकै विकल्पमा पनि छलफल गर्न तयार भएको बैठकमा सहभागी एक नेताले बताए ।

प्रधानमन्त्री बन्ने प्रस्तावमा नेता नेपाल आफैं सकरात्मक नभएको बताइएको छ । राष्ट्रपतिले बहुमतीय सरकार गठनको लागि दिएको समय साँझ ५ बजेबाट सकिँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नलिने प्रष्ट पारेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार निर्माणको लागि विहीबार आह्वान गरेकी थिइन् ।

उता, प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जनता समाजवादी पार्टी ९जसपा०को पूर्व राजपा समूहको समर्थनमा वैकल्पिक सरकारमा नियुक्त हुने रणनीतिमा जुटिरहेका छन् ।

सिंहदरबारमा जारी छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा। शशांक कोइराला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

62 + = seventy one