ओलीको धम्कीले राष्ट्रपति दवावमा

काठमाडौं : संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीका लागि दुई पक्षले दावी पेश गरेपछि शीतलनिवास तनावमा परेको छ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा १४९ जना सांसद्ले हस्ताक्षर गरी राष्ट्रपति कार्यालयमा दर्ता गराउनु अगावै ओलीले १५३ जनाको हस्ताक्षर रहेको अर्को प्रस्ताव दर्ता गराएका छन् ।

संविधानका जानकारहरुका अनुसार, अहिले आह्वान गरिएको सरकार भने दलीय हैसियतमा नभई व्यक्तिगत हैसियतमा बन्ने भएकाले ओलीको दाबीको कुनै अर्थ रहने छैन ।

तर ओलीले राष्ट्रपतिलाई भेटेरै आफ्नो दाबी अनुसार गर्न भनेपछि उनी तनावमा परेकी हुन् । विपक्षी दलका नेताहरुसँग पनि उनले यसमा थप छलफल गरेर मात्रै निर्णय दिने बताएकी थिइन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty eight + = sixty