निर्वाचनमा भाग लिनेबारे हामी सल्लाह गर्दैछौं : अध्यक्ष प्रचण्ड

काठमान्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक र मंसिरमा हुने गरी घोषणा गरिएको मध्यावधि निर्वाचन हुनेमा शंका गर्दै निर्वाचनमा भाग लिनेबारे सल्लाह गरिरहेको बताएका छन् ।

काठमाडौंको नयाँ वानेश्वरमा विपक्षी दलको संयुक्त छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले निर्वाचन गर्नका लागि घोषणा नगरिएको दाबी गरे ।

‘निर्वाचन गर्नका लागि घोषणा गरिएकै छैन । अर्को कुरा यो संविधानसम्मत छैन तर निर्वाचनमा भाग लिनेबारे हामी सल्लाह गर्दैछौं,’ उनले भने ।

अध्यक्ष प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्रीको गैरसंवैधानिक कदमको प्रतिवाद शुरू गरिने बताए । ‘हामी अदालत गएर फेरि संसद पुनःस्थापना भएर लोकतन्त्र ट्रयाकमा जानेछ,’ उनले भने ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 6 = two