मेहेनत पछिको सफलता ! लाहुरे बन्ने सपना बोकेका भुपेन्द्र बुढाथोकी बने प्र,हरी निरीक्षक

दाङ : बि.स.२०५१ सालमा सल्यान जिल्लाको एक मध्यम परिवारमा जन्मेका भुपेन्द्र बुढाथोकी सानै देखि लगनशील र बहुमुखी प्रतिभाका भएका व्यक्ति थिए। सानै देखि गीत संगीत तिर निकै चासो राखने आफ्ना परिवाजन,बाल्यकालका साथीहरुलाई आफुले गित गाएर सुनाउने गर्दथे बाल्यकालदेखि नै गित संगीत संगसंगै उनको अर्को सपना थियो ।

लाउरे बन्ने जिबनमा ठुलो उमेर भएर यी दुवै सपना पुरा गर्छु भन्ने आट लिएर भुपेन्द्रले बिक्रम सम्बत २०५९ सालमा सल्यान जिल्लावाट बसाई(सराई गरेर आफ्ना परिवारजन संगै उनीहरु दाङ तुलसीपुर शहर आएर उनले तुलसी बोर्डिंग स्कूल बाट आफ्नो अध्यन शुरु गरे ।

अध्यनको क्रममा बिक्रम सम्बत २०६८ सालमा उनले तुलसी बोर्डिंग स्कुलबाटै एसएलसी परिक्षामा निकै राम्रो नतिजा सहित डिस्टिंक्सनमा पास गरे,एसएलसी पछी उनले आफ्नो प्लस २ अध्यनका लागि तुलसीपुरमै रहेको गोर्खा स्कूलदेखि ब्यबस्थापन संकायमा अध्यन गरे।

दुई वर्षको ब्यबस्थापन अध्यनमा पनि उनले डिस्टिंक्सनमै प्लस २ पास गरे त्यसपछी उनले आफ्नो लाउरे बन्ने सपना तिर अगाडी बढ्न थाले, पढाई निकै राम्रो भएतापानि उनि लाउरे बन्न चाहन्थे लाउरे बन्ने सपना लिएर लाउरेको तालिमका लागि दाङ जिल्लाको सदरमुकाम घोराही गए।त्यहा उनले लाउरे सम्बन्धि तालिम लिए निकै लामो समय सम्म तालिम गर्दा र धेरै प्रयास गर्दा पनि सफलता हात मिलेन लाउरेमा सफलता नमिले पछि उनले कोरिया जाने निधो बनाए कोरिया जानको लागि कोरियन भाषा सिक्न थाले कोरियन भासा सिक्दै गर्दा उनले नेपाल प्रह,रीको सहायक निरिक्षकमा पहिलो प्रयास गर्ने बिचार गरे र उनि पहिलो पटकमै छनोट हुन् सफल पनि भए ।

बिक्रम सम्बत २०७३ सालमा प्रहरी सेवामा प्रवेश गरेका उनि १ वर्षको तालिम सकेर बाँके जिल्लामा पोसटिंग भएर आफ्नो पढाईलाई पनि निरन्तरता दिनुका साथै बाँकेमा कार्यरत रहदै गर्दा उनको गित संगीत क्षेत्रमा झुकाप रहन पुग्यो । लाहुरे बन्ने सपना भएका उनि, लाउरे बन्न नसकेपनि नेपाल प्रह,रीमा भने आबद्द रहेर सोहि क्रममा उनले आफ्नो जिबनको पहिलो गीत निकाले “हामी नेपाल प्रह,री” जसमा स्वर थियो, चर्चित गाएक राजेस पाएल राईको र उक्त गीत उनले आफै लेखेका थिए,भने सोही गीतमा उनले अभिनय समेत गरेका थिए ।

उनले निकालेको दोस्रो गीत “फुल भनौँ जिन्दगीलाई” जसमा पुर्णिमा लामाको स्वर थियो र जुन गित पुर्णिमा लामाको पनि चर्चित गित बन्न पुग्यो र भुपेन्द्र बुढाथोकीले सोहि गितबाट एउटा अवार्ड समेत पाउन सफल भए ।

यसरी उनिले थुप्रै गितहरु लेखिसकेका छन र उनिले गितको साथ साथै पढाई लेखाइलाई निरन्तरता दिएकै कारण होला उनको मेहनतले गर्दा २०७७ मा उनि सहायक सहायक निरिक्षक बाट पहिलो पटकमै प्रह,री निरीक्षक जस्तो गरिमामय पदमा नाम निकाल्न सफल भए । हाल उनी प्रह,री निरिक्षक भएर ई,ला,का प्रह,री कार्यालय बुटवलमा कार्यरत छन । उनले अहिले सम्म ९ वटा गीतहरु निकालिसकेका छन भने उनले आफ्नो पेशा र सौखलाई संगै अगाडि बढाउने सोँचेका छन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty eight ÷ = eight