राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा २५ वटा रिट पेस

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघ,टन गरेको भन्दै सर्वोच्च अदा,लतमा २५ रिट पेस भएका छन् ।

प्रतिनिधिसभा विघटन विरु,द्धमा आइतबार २५ रिट आएको सर्वोच्च अदा,लतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । प्रतिनिधिसभा विघ,टनसम्बन्धी विषयमा २५ रिट पेस भएका छन् । दर्ता हुने नहुने भन्ने निर्णय भोलि हुन्छ, उनले भने ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत शुक्रबार राति प्रतिनिधिसभा विघ,टन गरेकी थिइन् । उक्त विघ,टन दोस्रो पटक भएको हो । यसअघि पुस ५ गते प्रधानमन्त्री ओलीकै सिफारिसमा राष्ट्रपतिले पहिलोपटक प्रतिनिधिसभा विघ,टन गरेकी थिइन् । उक्त वि,घटन असंवैधानिक भन्दै सर्वोच्च अदा,लतले गत फागुन ११ गते निर्णय सुनाउँदै प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो ।

प्रतिनिधिसभा विघटन विरु,द्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा नेपाल सर्वोच्च अदा,लत जाने तयारीमा रहेको छ । १ सय ४९ सांसदहरू नै संयुक्त रूपमा प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच अदा,लत जान लागेका हुन् ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूले संविधान विपरीत र अदा,लतको अवहेलना हुनेगरी प्रतिनिधिसभा विघ,टन गरिएको बताउँदै आएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 5 = one