उपत्यकामा थप कडाइ गर्दै एक साता निषेधाज्ञा थप्ने तयारी !

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता लम्बिने भएको छ। को,रो ना भाइ,रस सङ्क्र,मितको सङ्ख्या दिनदिनै बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले यसअघि लगाइएको निषेधाज्ञा कडाइका साथ एक साता थप्ने निर्णय गरेका हुन्।

निषेधाज्ञा थपबारे भोलि उपत्यकाका तीनैवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएको छ । भोलिको बैठकले निषेधाज्ञा थपसहित अन्य आदेश जारी गर्ने बताइएको छ।

अहिले जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गते राति सकिँदैछ । काठमाडौं उपत्यकामा को,रोना संक्र,मण र मृ,त्यु दर ती,व्र बढेको छ। आइतबार मात्रै उपत्यकामा २ हजार ८२१ जना को,रोना संक्र,मित थपिएका छन्। ३६६ जना भक्तपुरमा, ६९४ जना ललितपुरमा र १ हजार ७६१ जना काठमाडौंमा गरी २ हजार ८२१ जनामा को,रोना संक्र,मण देखिएको हो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × 1 =