चर्चित स्टारलाई टिकटक लाइभ मै पेट्रोल खन्या’एर आ’गो ल’गा’इयो, गयो ज्यान

काठमाण्डौं । चीनमा एक दुखद घटना भएको छ । टिकटक स्टारको एक नियमित लाइभ कार्यक्रममा भएको दुर्घटनाले ज्यान गएको छ । उनका पूर्व पतिले टिकटकमा लाइभ गर्नेक्रममा नै ती स्टारमाथि पेट्रोल ख’ना’एर आ’गो ल’गाइ दिएका थिए । त्यसपछि उनको ज्यान गएको हो ।

बेलायतको द मिररको अनलाईनमा प्रकाशित समाचार अनुसार लामु नाम गरेकी ती महिला चिनियाँ संस्करणको टिकटक डोइनमा चर्चित थिइन् जहाँ उनका लाखौं फलोअर्स थिए ।

स्थानीय चिनियाँ संचारमाध्यमका अनुसार पूर्व पतिले लगा’एको आ’गोबाट उनको शरिरको ९० प्रतिशत भाग ज ले को थियो । घटना भएको दुई सातापछि बुधबार उपचारका क्रममा उनको निधन भएको हो । घटनाले चीनमा महिलाविरूद्ध हुने हिं’सालाई पुनः सामाजिक संजालमा आलोचनाको प्रमुख विषय बनाएको छ ।

चीनको सिचुवान प्रान्तकी बासिन्दा ३० वर्षीय लामु टिकटकमा पोस्ट गर्ने ग्रामिण जीवन झल्काउने सुखद् टिकटक भिडिओका कारण टिकटक प्रयोगकर्तामाझ चर्चित रहँदै आएकी थिइन् । टिकटकका प्रयोगकर्ताहरूले बिना मेकअप भिडिओ बनाएकोमा उनको प्रशंसा गर्ने गरेका थिए । उनको भिडिओमा लाखौंको संख्यामा लाइक्सहरू आउने गर्थे ।

त्यहाँको स्थानीय प्रहरीले उनीमाथि सेप्टेम्बर १४ मा आ क्र म ण भएको जनाएको छ । पछि उनलाई उपचारका लागि सुरूमा स्थानीय अस्पताल लगिएको थियो भने त्यसपछि उनलाई सिचुवानको प्रान्तीय अस्पतालमा सारिएको थियो । घटनामा घाइते भएकी उनको उपचारका लागि उनका परिवारले प्रशंसकहरूसँग आर्थिक सहयोगका लागि आव्हान गरेर २४ घण्टामा एक मिलियन चिनियाँ युवान संकलन गरेको त्यहाँको एक स्थानीय संचारमाध्यमले जनाएको छ ।

चिनियाँ प्रहरीले घटनामा संलग्न भएको शं’कामा लामुका पूर्वपतिलाई प’क्रा’उ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । डेली मेलले लामुले सेप्टेम्बरमा उनले अन्तिम भिडिओ पोस्ट गरेको जनाएको छ। सो भिडिओमा उनले आफ्ना प्रशंसकलाई परम्परागत तिब्बती भाषाको गीतमा शुभकामना दिएकी थिइन् ।

भोलिपल्ट आफ्नो नियमित लाइभमा आएकी लामुको लाइभ स्क्रिन का’लो भएको थियो र लाइभ हेरिरहेका प्रयोगकर्ताहरूले उनी चि’च्या’एको आवाज सुनेका थिए । त्यसपछि दुईदिन पछि उनी दिदीले घटनाको जानकारी दिएपछि उनीमाथिको आ क्र म ण भएको सार्वजनिक भएको थियो । तस्वीरमा टिकटक स्टार, श्रोत द मिरर

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty one − nineteen =