३ वर्षअघि प्रेम बिबाह गरि ल्याएका श्रीमानले नै सखाप पारे सुम्निमाको जीवन !

‘सुम्निमा हराई ! खोजी गरिरहेको छु, सोनाम लामाले केही दिन अघि ससुरालीमा फोन गरेर जानकारी गराए । छोरी हराई भन्दा सुम्निमाका तनहुँ बन्दीपुरस्थित माइतीतर्फको परिवारको मनमा चीसो पस्यो । उनीहरुले ज्वाईंलाई कतै केही त गरेको होइन ? भनी सोधे । सोनाम अकमकिएर खोजी गरिरहेको जानकारी दिए ।

काभ्रे घर भएका सोनामले सुनकोशीमा फाल हालेको हुनसक्ने भएकाले खोजी गरिरहेको सुनाए । सुम्निमाका माइती खलकले शंका लागी प्र,ह,रीमा उ,जु,री दिए । जिल्ला प्र,ह,री कार्यालय काभ्रेले अनुसन्धान अगाडि बढायो । सोनाम लामामाथि अनुसन्धानको सुई तेर्सियो । शुरुमा उनले कोशीमा देह त्याग गरेको हुनसक्ने भने ।

अनुसन्धान गर्दै जाँदा केही प्रमाणहरु फेला पारेपछि सोनामसँग सोधपुछ भयो । उनले वास्तविकता लुकाउनै सकेनन् । ह त्या ग री चौरीदेउराली गाउँपालिका ९ गोठपानीस्थित घरभन्दा केही तल मकैबारीमा गा,डेको भेटियो । ५ जेठमा श,व झिकियो । जिल्ला प्र,ह,री कार्यालय काभ्रेका अनुसार सोनामले १ जेठको राति ह,त्या गरी २ जेठको विहान गा,डेको बयान दिए ।

३ वर्षअघि मात्र सुम्निमाले सोनामसँग विवाह गरेकी थिइन् । दुवैबीच झाँ,ङ्गिएमो प्रेम विवाहमा परिणत भयो । सुम्निमाले विवाहको वर्ष दिनमै छोरालाई जन्म दिइन् । उनीहरुको जीवन सामान्य तरिकाले बढ्दै थियो । तर, सोनाम विस्तारै कुलततिर लाग्न थाले । उनले सुम्निमालाई कु,टपि,ट गर्थे । १ जेठको राति उनले योजना वद्ध रुपमै सुम्निमाको ह,त्या गरे ।

सुम्निमा र सोनामबीच विवाहको २ वर्ष बितेपछि विवाद बढ्यो । उनीहरु एकले अर्कोमाथि आशंका गर्न थाले । प्रह,रीका अनुसार सोनामले बयानका क्रममा सुम्निमाको फेसबुकमा विभिन्न केटाहरुको मेसेज आउने गरेको र सम्झाउँदा पनि नमानेपछि ह,त्या गरेको बताएका छन् । दुवैबीच सामाजिक सञ्जालको प्रयोगको विषयले विवाद भएको र ह,त्याको का,रण पनि त्यही देखिएको काभ्रे प्रह,री स्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− four = six