मन्त्री मनाङेको पहलमा अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर सहयोग !

काठमाडौं : गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे) को पहलमा मनाङमा अक्सिजन सिलिन्डर र अक्सिजन कन्सन्ट्रेटर पठाइएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा १० वटा अक्सिजन सिलिन्डर र मनाङ समाज काठमाडौंको सहयोगमा ७ वटा अक्सिजन कन्सनट्रेटर सोमबार पठाइएको खेलकुद मन्त्री गुरुङका प्रवक्ता रोनित गुरुङले जानकारी दिए ।

प्रवक्ता गुरुङका अनुसार भ्राका राजा घलेबाट १ वटा अक्सिजन कन्सन्ट्रेटर गरी ८ वटा अक्सिजन कन्सन्ट्रेटर र १० वटा अक्सिजन सिलिन्डर मनाङ ङिस्याङ गाउँपालिका ६ का अध्यक्ष सोनम गुरुङको जिम्मामा पठाइएको रोनित गुरुङले जानकारी दिए ।

प्रवक्ता गुरुङका अनुसार प्रदेश सरकारको सहयोगमा पठाइएको ग्यास सिलिन्डर नार्पाभूमि गाउँपालिकालाई ४ वटा र मनाङ ङिस्याङ गाउँपालिकालाई ६ वटा दिइनेछ ।

२ गाउँपालिकाको वडा वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा सिंधै दिने गरी समन्वय भएको उनले जानकारी दिए ।

को,रोना महा,मा,रीको समयमा जनताको स्वास्थ्य ठूलो भएका कारण माननीय मन्त्रीले मनाङको अन्य गाउँपालिकाका वडालाई पनि सहयोग गर्ने योजना बनाएको प्रवक्ता गुरुङले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = 1