देउवासहित १४६ सांसदको रिटमाथि आज सुनुवाइ नहुने, पेशीमै चढेन मुद्दा

काठमाडौं : शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा १४६ सांसदले हालेको रिटमा आज सुनुवाई नहुने भएको छ । देउवा, पुष्पकमल दाहाल, माधव, नेपाल, उपेन्द्र यादवसहित विघटित प्रतिनिधिसभाका १४६ सदस्यले परमादेश लगायतका आदेश माग्दै दायर गरेको रिट मंगलबार पेशीमै नचढेको हो ।

सर्वोच्च अदालतले सार्वजनिक गरेको दैनिक पेशी सूचीमा मंगलबारका लागि दुई वटा मात्र इजलाश तोकिएका छन् । दुबै इजलाशमा प्रतिनिधिसभा विघटन अवैधानिक भएको र संविधानको धारा ७६९५० बमोजिम प्रधानमन्त्री नियुक्तिसँग सम्बन्धित दायर २८ वटा रिटको पेशी उल्लेख छैन ।

दुई इजलाशमा न्यायाधीश दीपक कार्की र सपना प्रधान मल्लको इजलाशमा बन्दी प्रत्यक्षीकरण लगायतका चार तथा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशमा एउटा मुद्दा छ ।

सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेका नेपाल तथा जसपाको यादव पक्षका १४६ सांसदले प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै धारा ७६ को उपधारा ५ बमोजिम नयाँ प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दै रिट निवेदन पेश गरेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 78 = eighty six