यी हुन पलाता गाउँपालिका अध्यक्ष, जसले आफुले पाउने पारीश्रमिकबाट विध्यालयको भवन निमार्ण गरे !

काठमान्डौं : कालिकोट पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण वमले आफुले पाउने पारीश्रमिबाट विद्यालयको भवन निमार्ण गर्नुभएको छ । अध्यक्ष वमले आफुले पाउने पारीश्रमिकबाट वडा नं एकको गणेश आधारभुत विद्यालयको भवन निमार्ण गर्नुभएको हो ।

स्थानिय निर्वाचनमा नेकपा माओवादि केन्द्रबाट विजयी हाँसिल गर्नुभएका गाउँपालिकाका अध्यक्ष वमले स्थानिय तहको विभिन्न सेवा सुविधा मार्फतको रकमबाट वडा नं एकको खाडामा गणेश आधारभुत विद्यालयको २ कोठे पक्की भवन निमार्ण गर्नुभएको हो ।

२०७४ सालको स्थानिय निर्वाचन देखिको करीव चार वर्ष अवधिको वैठक भत्ता, यातायात खर्च, सञ्चार खर्च र आवास खर्च लगायतको १५ लाख वढिको सेवा सुविधा वाफतको रकमबाट उहाँले गणेश आधरभुत विद्यालयको २ कोठे पक्की भवन निर्माण भएर सञ्चालनमा आएको जानकारी दिनुभयो ।

उहाँले अव वाकि एक वर्षको सेवा सुविधा वाफतको रकमले गाउँपालिबकामा एम्वुलेन्स सेवा सुचारु गर्ने तयारी भएको पनि बताउनुभयो । जनताबाटै पाएको सेवा सुविधा जनताकै हितमा लगानि गर्न पाउदा आफुलाई खुशि लागेको उहाँले बताउनुभएको छ । शिक्षालाई गुणस्तरी र आधुनिक वनाउने उदेश्यले आफुले आफ्नो कार्यकालबाटै गाउँपालिका भित्रका सम्पुर्ण निजि विद्यालयलाई विस्थापित गरेको पनि अध्यक्ष बमले बताउनुभयो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × two =