बादललाई पराजित गरेका डा. खिमलाल देवकोटा प्रचण्ड निवासमा, प्रचण्डले दिए बधाई !

काठमाडौं : बाग्मती प्रदेशको राष्ट्रिय सभाको उपनिर्वाचनमा तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादललाई पराजित गरेका डा. खिमलाल देवकोटाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् ।

आज दाहालको निवास पुगेर देवकोटाले भेटेका हुन् । भेटको क्रममा अध्यक्ष दाहालले संघीयताको पक्षमा योगदान गर्ने अपेक्षा लिएका थिए ।

उक्त भेटबारे जानकारी दिँदै बाग्मती प्रदेशका माओवादी केन्द्रका सांसद युवराज दुलालले भने: “आज अध्यक्ष कमरेड प्रचण्डबाट राष्ट्रिय सभा उपनिर्वाचनमा निर्वाचित मा खिमलाल देवकोटालाई बधाइ तथा शुभकामना दिनुभएको छ ।

यस क्रममा संघीयताका पक्षमा योगदानको अपेक्षा अध्यक्ष कमरेडले राख्नुभएको छ र मा। खिमलालबाट आफू संबिधानप्रदत्त जनताका अधिकार र संघीयता पक्षमा सदैव दृढतापूर्वक लागिरहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।”

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty six ÷ eleven =