नेपालमै मोवाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर युवकको निधन

रोल्पा । मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर बिहीबार यहाँ एक युवकको निधन भएको छ । रोल्पाको सुलिनस्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको ज्यान गएको हो ।

खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका बेला एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका नेपालीको उपचारका लागि प्यूठान लैजाँदै गर्दा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो । भारतमा मजदुरी गर्ने नेपाली कोरोनाका कारण रोजगारी गुमेपछि केही महिनाअघि मात्र घर फर्किएका थिए ।

नेपालमै पहिलोपटक पोषण एप्स प्रयोगमा ल्याएको भेरी नगरपालिकाले फेरि कृषकका गुनासा सम्बोधन गर्न निःशुल्क टोल फ्रि नम्बर प्रयोगमा ल्याएको छ । ‘किसान कल सेन्टर’ नाम दिइएको उक्त फोन सेवा निःशुल्क हुने भेरी नगरपालिकाले जनाएको छ ।

नगरको कृषि शाखामा रहने उक्त कल सेन्टरमा कृषकले आफूलाई परेको समस्याबारे जिज्ञासा राख्दा समाधान पाउने अपेक्षा लिइएको छ । कृषकले अब १६६०८९४३००३ मा सम्पर्क गर्न नगरले अनुरोध गरेको छ । गाउँ–गाउँबाट सानो समस्य लिएर सदरमुकाम आउनुभन्दा फोनमार्फत समस्या राखेर समाधान भएमा समय र दुःख दुवै बच्ने नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 2