पछिल्लो राजनीतिक घटनाक्रम बारे भारतले भन्यो: यो नेपालको आन्तरिक मामिला हो

काठमान्डौं : नेपालमा विकसित पछिल्लो राजनीतिक घट,नाक्रमलाई भारतले जानकारीमा राखेको प्रतिक्रिया दिएको छ । नेपालको राजनीतिक घटनाक्रमबारे सञ्चारमाध्यमको जिज्ञासामा प्रतिक्रिया दिंदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पछिल्लो राजनीतिक घट,नाक्रम नेपालको आन्तरिक मामिला भएको र आन्तरिक संरचना र लोकतान्त्रिक प्रक्रियाद्वारा नेपाल स्वयंले यसको समाधान गर्ने बताएका छन् । 

उनले भनेका छन्,‘एउटा छिमेकी र मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र विकासमा भारतले गर्दै आएको सहयोगमा भारत दृढ छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि भारतले औपचारिक रूपमा प्रतिक्रिया दिएको हो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty six ÷ 28 =