मलाई थाहा पत्तो नदिइ अक्सिजन सिलिण्डरमा मेरो स्टिकर टाँसेछन्: वन मन्त्री आले

काठमाडौं : वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले चर्चामा आइरहने पात्र हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मध्येका एक आलेले फेरि एउटा चर्तिकला नै देखाएका छन् ।

चीन सरकारबाट अनुदानमा आएको अक्सिजन सिलिण्डर र स्वास्थ सामग्रीमा आफ्नो तस्बीरसहितको स्टिकर टाँसेर मन्त्री आले गृह जिल्ला डोटी र धनगढी पुगे । प्रचारात्मक शैलीमा उनले अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री पनि वितरण गरे ।

यसअघि पनि बिभिन्न टिकाटिप्पणीका कारण सामाजिक सञ्जालमा भाइरल भइरहने मन्त्री आले अक्सिजन सिलिण्डर वितरणपछि झनै भाइरल बनेका छन् ।

विपदको बेला मन्त्री आलेको शैली निकृष्ट र तुच्छ : सामाजिक सञ्जाल

मन्त्री आले ती सामग्री बाँड्न हेलिकोप्टर चढेर गृह जिल्ला डोटी र त्यहाँबाट धनगढी पुगेका थिए । उनले जिल्ला अस्पताल डोटी र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ती सामग्री बाँडेका थिए ।

मन्त्रीबाट यसरी सहयोग वितरण हुनुलाई स्वागतयोग्य मानिए पनि विपदका बेला आफ्नो प्रचार राजनीति गर्नु निकृष्ट र तुच्छ कार्य भएको भन्दै सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उनको तस्वीर अंकित सिलिन्डरका फोटोहरु शेयर गर्दै आलोचना र गालीको बौछार नै छाडेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

73 + = seventy five