गोकुल बाँस्कोटाको टिप्पणी: एमालेको घरमा कांग्रेसको डकैती !

काठमान्डौं : नेकपा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल पक्षका सांसदको सहारामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बनाउन खोजेकोप्रति टिप्पणी गर्दै नेता गोकुल बाँस्कोटाले एमालेको घरमा कांग्रेसले डकैती हानेको बताएका छन् ।

बिहीवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले कांग्रेसले निर्दलीयताको पक्षपोषण गरेर लोकतन्त्रको गीत गाउने हक गुमाएको बताए ।

नेता बाँस्कोटाले लेखेका छन्, ‘एमालेको घरमा कांग्रेसले डकैती हानेर धनमाल लाने, उल्टै ती मेरै हुन् भन्ने रु कांग्रेसले निर्दलीयताको पक्षपोषण गरेकाले लोकतन्त्रको गीत गाउने हक गुमायो । ७६ को ५ ले स्पष्ट रूपमा दुई वा दुईभन्दा बढी दलकै समर्थन खोजेको छ, सांसदहरूको स्वतन्त्र समर्थनलाई अस्वीकार गरेको छ । २ र ५ जोडेर हेरौ न ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 1 = two