अष्ट्रेलियाले जित्यो पहिलो वनडे ,साम विलिङ्सको शतक गयो खेर

काठमाडौं । इङ्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेट अष्ट्रेलियाले जितेको छ । म्यान्चेष्टरमा भएको खेलमा पाहुना टोली अष्ट्रेलिया १९ रनले विजयी बनेको हो । तीन म्याचको एक दिवसीय सिरिजमा अष्ट्रेलिया १–० ले अघि बढेको छ ।

२ सय ९५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ९ विकेट गुमाएर २ सय ७५ रन मात्र बनाउन सक्यो । साम विलिङ्सले शतकीय पाली खेल्दै १ सय १८ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । जानी बेयरस्टोले ८४ र कप्तान इयान मोर्गानले २३ रन बनाएका थिए ।

अन्यको खेलाडीको प्रर्दशन उल्लेख्य रहन सकेन । अष्ट्रेलियाका जोस हेडलहुडले सर्वाधिक ३ विकेट लिए । यसअघि, म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९४ रन बनायो । तीन खेलको सिरिज अन्तर्गतको दोस्रो एकदिवसीय भोली हुनेछ भने अन्तिम खेल बुधबार हुनेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 5