निजी खर्चमा किनेको अक्सिजनमा स्टिकर टाँस्न नमिल्ने कुन संविधानमा लेख्या छ र ?

काठमान्डौं : केही दिनअघि वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिँदा सामाजिक सञ्जालमा हंगामा भएको थियो ।त्यतिखेर उनले नेपाल वन नि’गम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई पशुपतिस्थित आर्यघाट क्षेत्रमा श’वदा’हका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन निर्देशन दिएका थिए ।

अक्सिजन नपाएर त’ड्पिरहेका बि’रामीबारे चि’न्ता गर्नु त कता हो कता मनोबल गिराउने गरी उल्टै दाउराको कमी हुन नदिन दिएको निर्देशनलाई धेरैले ‘क’मनसेन्स नभएको’ मन्त्रीका रूपमा अर्थ्याएका थिए ।बेलाबेलामा यस्तै अपरिपक्व शैलीका कारण उनी चर्चा र वि’वादमा आउने गरेका छन् । जस्तो कि –

– अब यो सरकारको गियर सिधै ७ नम्बरमा जान्छ । सिधै ७ नम्बरमा हालेपछि तपाईंहरू रोडमा नजानुहोला, तपाईंहरू सिधै समुद्रमा हा’म्फा’ल्नुहोला ।’– रुखबाट हामी का’र्बनडाइअक्साइड पाउँछौं, जुन रुखलाई हामीले अक्सिजन दिन्छौं, त्यो रुखलाई हामीले जो’गाउनुपर्छ ।

यस्तै अभिव्यक्तिले उनी वि’वादमा मु’छिन्छन् । फेरि उनी अर्को वि’वादमा मु’छिएका छन् ।चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा आफ्नो फोटो सहितको स्टिकर टाँसेपछि सामाजिक सञ्जालमा उनको म’जाक उडाइएको छ ।

गत वैशाख २१ गते चीनले नेपालमा हरियो रंगको २ हजार थान खाली अक्सिजनको सिलिन्डर पठाएको थियो ।चीनले दिएको स्वास्थ्य सामग्री र अक्सिजन सिलिन्डरमा मन्त्री आलेले टाँ’सेको स्टिकरमा लेखिएको छ, ‘नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री ।’

डोटीबाट नि’र्वाचित रहेका आलेले आफ्नो निर्वाचन क्षेत्रमा स्टिकर टाँ’सिएका स्वास्थ्य सामग्री पठाएका छन् । ७५ अक्सिजन सिलिन्डर, डेढ लाख सर्जिकल मास्क, औ’षधिहरू, एन्टिजेन किट, स्या’निटाइजर लगायतका स्वास्थ्य सामग्री डोटी प’ठाइएका छन् ।

तर अक्सिजन सिलिन्डरमा आफ्नै फोटो टाँ’सेका वनमन्त्री प्रेम आलेले आफ्नै व्यक्तिगत खर्चमा सिलिन्डर ल्याएको दा’बी गर्दै केही मिडियाले आफूलाई ब’दनाम गर्न खोजेको बताए ।आलेले आफूले १५ वटा स्वास्थ्य विभागबाट प्राप्त गरेको र ११० वटा सिलिन्डर स्वयं खरिद गरेर दिएको बताएका छन् ।

‘चीनबाट व्यक्तिगत खर्चमा सिलिन्डर मगाएर आपतका बेला सहयोग गर्नुपर्छ भन्ने लागेर सहयोग गरेको हुँ,’ उनले भने ।उनले ७५ वटा सिलिन्डर डोटीलाई र ५० वटा धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई दिएको बताए ।अक्सिजन सिलिन्डरमा पनि किन फोटो सहितको स्टिकर टाँ’सेको भन्ने प्रश्नमा उनले भने, ‘अक्सिजन किन्न मैले ५० लाख खर्च गरेको छु ।

मेरो निजी पैसा हो । मेरो निर्वाचन क्षेत्रमा मास्क, स्यानिटाइजर, पीपीईको अ’भाव थियो ।त्यो अभाव पूरा गरिदिए । अरु मा’ननीयज्यूहरूले पनि यसै गर्नुभएको छ । जनतालाई भ्रम नहोस् भनेर मैलै स्टिकर टाँ’स्न लगाएको हो । आफ्नो निजी खर्चमा किनेको अक्सिजनमा आफ्नो स्टिकर टाँस्न नपाइने कुन संविधानमा लेख्या छ र ?’

आलेले थपे, ‘त्यो मेरो निजी सहयोग भयो तर कम्तीमा पनि डोटी जिल्ला हिजोको क्षेत्रीय सदरमुकाम भएको नाताले यहाँ ठूलो प्लान्ट लगाउनुपर्छ भनेर मैले अर्थमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीसँग समेत परामर्श गरेर १ करोड ५० लाख जतिको बजेट विनियोजन भएको छ, यो मैलै गरेको कामको प्रशंसा गर्नु पर्दैन र ?’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

1 × two =